२ साउन, ताप्लेजुङ ।
ताप्लेजुङको तापेथोक गाविस ८ को पहिरोको बिचमा परेकाहरुको उद्धार तथा सहयोगकालागि लेलेप वाट गएको टोलि सोत्लिमामा पुगेको छ ।

आज विहान हिडेको करिव १२ जनाको एउटा समुह पहिरो छेउमा पुगेको देखिएको लेलेप ७ कि सपना लिम्वुले बताउनुभयो ।

पहिरोको ठिक पारिपट्टि घर भएकी सपनाले लस्करै हि“डेको वारिवाट देखेको र उनिहरु पहिरोको बिचमा रहेका घरमा पुगेको बताउनुभयो ।

पहिरोमा परेको थाहापाएपछि तापेथोक र लेलेपबाट प्रहरी समेत गरी तीन–चार वटा समुह पहिरो क्षेत्रमा परिचालन गरिएको छ ।

पहिरोमा परि स्थानिय मनिता राई वेपत्ता भएकी छन् । ६ घरका २१ जना पहिरोको बिचमा परेको लेलेपका ब्यापारि ग्यावु शेर्पाले बताए ।

घुन्सा नदीको पुल समेत भत्काएकाले आउजाउमा समस्या भएको छ ।

पहिरो गएको क्षेत्र सदरमुकाम बाट दुई दिनको पैदलमा रहेको छ ।

केही दिन देखीको लगातार परेको अविरल वर्षाका कारण जाजरकोट जिल्लाको रोकायगाँउको गाग्राखोलामा आएको वाढीले आधा दर्जन घ्टट, सयौ रोपनी खेत र काठेपुल बगाएको छ ।

पुल वगेपछि गाउँको आवाज जावात मात्र नभइ वाहिरी गाविसहरु पैंक, नायकवाडा, रामीडाडा, सदरमुकाम खलंगा र जुम्ला जाने वाटो समेत वन्द भएको छ ।

त्यसैगरी ३ दिनदेखिको लगातर वर्षाले मुगुका विभिन्न ठाँउहरुमा गएको बाढी र पहिरोले एकजना गोठाला सहित दर्जनौं बाख्रा र तिनवटा पसल बगाएको छ ।

हिजो दिउसो माग्री १ चिमाथको जंगलमा पहिरो जादा भेडा बाखा्र चराएर फर्कदै गरेका माग्रीका १८ बर्षिय पुष्कर भाम र २०० बढी बाख्रा पहिरोमा बेपत्ता भएका छन ।

प्रहरीका अनुसार आज सम्म ५६ बाखा्र मृत अवस्थामा भेटिएको र अन्यको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

चार कार्यालय डुबानमा
महोत्तरीको जलेश्वरमा लगातार परेको पानीले यहाँका चार कार्यालय डुबानमा परेको छ् ।

निरन्तर रूपमा परेको पानीले जलेश्वरमा अवस्थित नेपाल प्रहरी, जिल्ला अदालत, मालपोत र कारागार कार्यालय डुबानमा पारेको हो ।

15.19¡ÆC