अवैध रूपमा ल्याइएको काजु, ज्वानो र विद्युतीय सामान बरामद

साउन १०, २०८१ मा प्रकाशित | 187 views


काठमाडौँ । पर्सा प्रहरीले झन्डै दुई करोड रुपैयाँ बराबरको अवैध रूपमा ल्याइएकाे काजु, ज्वानो र विद्युतीय सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोकको सडक खण्डबाट ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकमा लोड गरिराखेको एक करोड ८२ लाख ६ हजार चार सय रुपैयाँ बराबरको काजु, ज्वानो र विद्युतीय सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएका सामानको बिल नभएकोले राजस्व छलीकाे अनुमानमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web