क्रोएसियाको एक नर्सिङहोममा बन्दुकधारीले गोली चलाउँदा ६ जनाको मृत्यु

साउन ८, २०८१ मा प्रकाशित | 272 views


काठमाडौँ । क्रोएसियाको एक नर्सिङ होममा एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउदा सो हताहती भएको बताइएको छ ।

उक्त घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ । अपराधमा संलग्न व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको त्याहाको प्रहरीले जनाएको छ ।

क्रोएसियाको प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु भएको छ । क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web