


निर्णयहरू
- जिल्लामा भएका विपदजन्य घटना, उक्त घटनाहरुमा भएका खोज तथा उद्धार सम्बन्धमा समीक्षा गरियो।
- विपद् उद्दार तथा राहतका लागि आवश्यक सामाग्रिहरू एकिकृत रुपमा जिल्ला तहलाई उपलब्ध गराउन संघ तथा प्रदेश सरकारका सम्बन्धित निकायलाई अनुरोध गर्ने र यस कार्यमा नुवाकोटबाट संघीय तथा प्रदेश व्यवस्थापिकामा प्रतिनिधित्व गर्नुहुने माननीयज्यूहरू र राजनीतिक दलहरूले सहजिकरण गर्ने।
- प्रत्येक स्थानीय तहहरुले मनसुनि वर्षाको समयमा सम्भाव्य उच्च जोखिमयुक्त वस्तिहरुको पहिचान गरी सुरक्षा निकायहरुको समन्वयमा त्यस्ता बस्तिहरु सुरक्षित स्थानमास्थानान्तरण गरी जनधनको सुरक्षा हुने व्यवस्था मिलाउने ।वस्ती स्थानान्तरण गरिएको स्थानमा आवश्यक खाद्यान, खानेपानी, विद्युत, स्वास्थ्य उपचार लगायतको व्यवस्था सम्बन्धित स्थानीय तह, विषयगत कार्यालय, उद्योग वाणिज्य संघ, गैर सरकारी संस्था र रेडक्रसको समन्वयमा आवश्यक व्यवस्था मिलाउने।
- मनसुनको समय भएकोले जिल्लास्थित सवै सुरक्षा निकायहरू, स्थानीय तह, सवै सार्वजनिक सेवा प्रदायक निकायहरूले आपसमा समन्वय गरी मनसुनी वर्षाको समयमा हुनसक्ने संभावित जोखिम न्यूनीकरणका लागि आफूसँग भएको स्रोत र साधन तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा राखीआवश्यकतानुसार चुस्त रुपमा परिचालन हुने।
- स्थानीय तहहरुले बाढी पहिरोका कारण सडक, पुल, बस्ती, विद्यालय आदि जस्ता संरचानको क्षति न्यूनीकरण तथा रोकथामको लागि बजेट उपलब्ध हुन भनी जिल्ला विपद व्यवस्थापन समिति समक्ष सिफारिस गर्दा सम्बन्धित स्थानीय तहले रोकथामका लागि गरेका प्रयास तथा कार्यको विवरण सहित केन्द्र वा प्रदेशमा नै सिफारिस गर्नु पर्ने औचित्य आदि खुलाई स्थानीय विपद् व्यवस्थापनको सहितको निर्णय, बजेट लागत अनुमान आदि सहित संलग्न गरी सिफारिस गर्ने।
- जिल्ला विपद व्यवस्थापन कोषबाट जिल्लाका विभिन्न स्थानमा भएका विपदजन्य घटनाका पिडितहरूलाई मिति 208१/0३/१३ देखि मिति 208१/0४/07 सम्ममा राहत स्वरूप उपलव्ध गराइएको जम्मा रकम रू. १०000।- (रु. दश हजार मात्र) अनुमोदन गर्ने।
- शिवपुरी, पञ्चकन्या, सूर्यगढी तथा किस्पाङ गाँउपालिकाका जोखिमयुक्त स्थानहरूको विज्ञसमुहद्वारा भौगर्भिक अध्ययन गरी सो को किटानि प्रतिवेदनका लागि राष्ट्रिय विपद्जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने।
- यस वर्षको मनसुन सुरुवात भएसंगै शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा बाढी पहिरो गई व्यक्तिको निजी घर गोठ, दोपाया/चौपाया तथा सार्वजनिक सडक, पुल, खानेपानी, सिंचाई लगायतका संरचनामा भएको क्षतिको सम्बन्धमा स्थानीय तह र विषयगत निकायहरुले आवश्यक समन्वय गरी क्षति न्यूनिकरणको लागि आवश्यक व्यवस्था मिलाउनुका साथै क्षतिको विवरण संकलन गरी प्रभावकारी व्यवस्थापन गर्ने।यस कार्यमा आफ्नो क्षमता भित्रको नभएमा जिल्ला विपद व्यवस्थापन समितिलाई अनुरोध गर्ने र व्यवस्थापनको लागि सम्बन्धित प्रदेश मन्त्रालयहरुमा सिफारिस साथ अनुरोध गर्ने।
- स्थानीय तह तथा जिल्ला स्थित कार्यालयहरुले जिल्ला भित्रका सडक लगायतका पुर्वाधार निर्माण गर्दा भौगर्भिक तथा वातावरणीय पक्षलाई उचित ध्यान दिई सुरक्षित पुर्वाधार विकासका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने।
- एक प्रदेश निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम अन्तर्गत प्राङ्गारिक मल कारखाना स्थापना लागि ककनी गाउँपालिका वडा नं. २ सविक ओखरपौवा गा.वि.स.-४ को कित्ता नं. ३28 को 53-3-3-० मध्येबाट 20-0-0-0 रोपनि क्षेत्रफल भएको जग्गा माग भएकोमा उक्त जग्गा प्रकोप उद्दार तथा व्यवस्थापनको लागि आवश्यक नपर्ने भएको हुँदा उक्त जग्गा उपलब्ध गराउँदा ऐतिहासिक, पुरातात्विक, धार्मिक, संस्कृतिक महत्वको स्थलहरूको मौलिकतामा असर नपर्ने भनी स्थानीय विपद व्यवस्थापन समिति ककनी गाउँपालिकाबाट सिफारिस भई आएकोले सोही बमोजिम सम्बन्धित निकायमा सिफारिस गर्ने।
- स्थानीय विपद व्यवस्थापन समिति पञ्चकन्या गाउँपालिकाको मिति २०८१ साउन ४ गतेको बैठकबाट सिफारिस भए अनुसार मिति २०८१ असार २९ गते लिखु खोलामा आएको बाढिमा परी उक्त गाउँपालिका वडा नं १ आँपचौर बस्ने अक्कल बहादुर राईको मृत्यु भएको भन्ने सम्बन्धमा मृतक परिवारलाईमृतक राहत रकम उपलब्ध गराउने सम्बन्धमा प्रहरी प्रतिवेदन प्राप्त भए पश्चात मापदण्ड पुगेनपुगेको एकिन गरी राहत रकम उपलब्ध गराउने।
- मनसुन शुरुभएसंगै शिवपुरी गाउँपालिका वडा नं. ५, पञ्चकन्या गाउँपालिका वडा नं. ५, सूर्यगढी गाउँपालिका वडा नं. १ लगायतका स्थानमा पहिरोजन्य विपद् जोखिमको कारण स्थानीय वस्तीहरु जोखिममा रहेको र सोबाट केहिघरमा क्षति समेत पुगेकोले राहत, पुनर्स्थापनाको आवश्यक प्रवन्धको लागि सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिबाट समेत सिफारिस भई आएको सन्दर्भमा कानून, कार्यविधि र स्वीकृत मापदण्ड, प्रहरी प्रतिवेदन, विपद व्यवस्थापन कोषमा रहेको मौज्दात र विपद्को प्रभाव समेतको अध्ययन-विश्लेषण गरी आवश्यक प्रक्रिया अगाडि बढाउने।साथै अन्य पालिकाहरुबाट सिफारिस भई आएमा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्षले आवश्यक प्रकृया अगाडी बढाउने र सोको अनुमोदन आगामि जिल्ला विपद व्यवस्थापन समितिबाट गर्ने ।
- योजना तथा कार्यक्रमहरु तर्जुमा गर्दा वातावरण संरक्षण एवम् विपद् सम्बेदनशिल ढंगले समेत विश्लेषण गरी गर्नु पर्ने हुँदा सरोकारवाला सम्बन्धित पक्षले थप ध्यान दिने।
- विपद्बाट क्षति पुगेको निजि तथा सार्वजनिक सम्पतिको मुचुल्का सहितको प्रतिवेदन स्थानीय विपद् व्यवस्थापन समितिले तत्काल जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने।
- स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रले स्थानीय स्तरमा सम्पादन गरेका, गरिरहेकाकामकारवाहीको संक्षिप्त विवरण तत्काल जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा पठाउने।
24.59¡ÆC