महिला भलिबल प्रतियोगिताको फाइनलमा पुग्न नेपालले किर्गिस्तानसँग खेल्दै

साउन ७, २०८१ 2024-07-22 मा प्रकाशित
Published at 2024-07-22

116 views

काठमाडौँ । माल्दिभ्समा भइरहेको काभा २० वर्ष मुनीको महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले किर्गिस्तानसँग खेल्दैछ । खेल बेलुका सवा नौ बजे शुरु हुनेछ ।

लिगको अन्तिम खेलमा श्रीलङ्काले किर्गिस्तानलाई ३–२ ले पराजित गरेपछि नेपालले सेमिफाइनलमा किर्गिस्तान प्रतिद्वन्द्वी पाएको थियो ।

यस्तै पहिलो सेमिफाइनल अन्तर्गत आजै बेलुका पौने ५ बजे श्रीलङ्का र माल्दिभ्स खेल्नेछन् । फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.