काठमाडौँ । काभा २० वर्ष मुनीको महिला भलिबल च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई २५–१६, २५–९ र २५–१० को सेटमा पराजित गरेको हो ।
यसअघि नेपाल लगातार दुई खेलमा पराजित भएको थियो । लिग चरणमा नेपाल तेस्रो भएको छ । नेपालले अङ्क तालिकाको दोस्रो स्थानमा रहेको टोलीसँग सेमिफाइनल खेल्नेछ ।
पहिलो र दोस्रो स्थानका लागि किर्गिजस्तान र श्रीलंकाबीच आजै खेल हुनेछ । शीर्ष स्थानमा रहने टोलीले अङ्क तालिकाको पुछारको माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल साउन ८ गते हुनेछ ।