नेपाल दक्षिण एसियाली करातेमा ६२ पदकसहित टिम च्याम्पियन

साउन ५, २०८१ मा प्रकाशित
Published at साउन ५, २०८१

113 views

काठमाडौँ । नेपाली कराते टोली भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

प्रतियोगिता नेपाल, भुटान, भारत र श्रीलङ्का सहभागि थिए । नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदक गरि कुल ६२ पदक प्राप्त गर्‍याे। भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोश्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ । आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो ।

गएको वर्ष काठमाण्डौमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.