नेपाललाई यूएईले दियो १ सय १६ रनको लक्ष्य

साउन ४, २०८१ 2024-07-19 मा प्रकाशित
Published at 2024-07-19

102 views

काठमाडौँ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता यूएईले नेपाललाई १ सय १६ रनकाे लक्ष्य दिएकाे छ । श्रीलङ्काकाे दम्बुलामा टस हारेर ब्याटिङ गरेकाे यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायाे ।

यूएईकी खुशी शर्माले ३६,कविशा इगाेदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जाेशीले समान १ विकेट लिइन् ।

नेपाल र यूएईकाे खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएकाे नवाैँ संस्करणकाे महिला एशिया कप प्रतियाेगिताकाे फाइनल खेल आउँदाे जुलाई २८ मा हुनेछ ।

नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

यसअघि फाइनलमा पुग्ने दुई वटा टोलीले एशिया कप खेल्न पाउने भए पनि पछि एशियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनल खेल्ने टोलीलाई पनि समावेश गर्ने निर्णय गरेपछि नेपाल र थाइल्यान्डले पनि अवसर पाएका हुन् । एशिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.