चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

साउन ४, २०८१ मा प्रकाशित
Published at साउन ४, २०८१

556 views

काठमाडौँ । चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । साउन १८ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटेको छ । यसमा अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ ।

शंकर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाललगायत कलाकारको अभिनय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.