लुट्नेहरु जुट्ने भए, जुट्नुपर्ने फुट्ने भए !

साउन ३, २०८१ मा प्रकाशित | 2296 views


✍️✍️ शंकर थापा, दुप्चेश्वर गाँउपालिका, नुवाकोट ।

लुट्नेहरु जुट्ने भए,
जुट्नुपर्ने फुट्ने भए,
जनता सँधै भेडा भए ,
सचेत युवा विदेश गए,
पढेका जति अवसरवादी
नपढेका जति हावाहुरीवादी,
कोदो रोप्छौं,चामल खोज्छौं
सुशासन खोज्छौं भ्रष्टाचारी रोज्छौं,
पहिलोले हान्यो तिर्की दाउ,
दोस्रोले हान्यो छिर्की दाउ,
तेस्रोले हान्छ,छक्का दाउ,
चौथोले हान्ला पक्का दाउ,
भर नभएका जनता ,
डर नभएका नेता,
कर नभएका कर्मचारी
वर नभएकी बेहुली ,
सत्ताको सातु नसर्किए सम्म,
जनताको बुद्धि नफर्किए सम्म
भ्रस्टाचारी राष्ट्रघाती दलालीको दाउ,
माफियातन्त्र तस्करको अझै बढ्छ भाउ,
२०८१/०३/३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web