अर्को बर्षको ओलम्पिक खेलकुद साउदी अरेबियामा हुने

असार २९, २०८१ मा प्रकाशित | 197 views


काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियामा आयोजना गर्ने घोषणा गरेको छ। आइओसीले साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

पेरिस ओलम्पिक खेलकुद सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकले खेलकुद आयोजना हुने शहर छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको योग्यता प्रक्रिया निर्णय गर्नेछ । आइओसीले ओलम्पिक खेलकुदमा अघिल्लो संस्करण शुरु हुँदै गर्दा अर्को संस्करणमा समावेश गर्ने खेलहरुबारे निर्णय गर्ने गर्दछ ।

आइओसीले ओलम्पिक खेलका लागि सङ्गठनात्मक र वित्तीय मोडेल पनि परिमार्जन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web