आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती

असार २९, २०८१ मा प्रकाशित | 213 views


काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । संस्कृत भाषामा लेखिएको रामायणलाई भानुभक्तले भावानुवाद गर्नुभएको थियो । रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको मानिन्छ । १८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनेर अर्ति उपदेश दिएकाले उहाँले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।

‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । आज भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तको निधन १९२५ साल असोजमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web