“दोधारा चाँदनी नगरस्तरिय खेलकुल समिती चाडै गठन गर्नु पर्छ”

साउन १, २०७३ मा प्रकाशित | 888 views

कञ्चनपुरको दोधारा चाँदनीका होमबहादुर थापामागर, २८ । बिगत ४ वर्ष देखि आर्चरी स्कुल संचालन गर्दै आएका छन् । उनले चार वटा राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । ती मध्ये कुनै पनि प्रतियोगितामा रीत्तो हात फर्किनुपरेको छैन । दुई वटामा त उनले स्वर्ण पदक नै जिते ।  बाँकी दुई वटामा रजत र काँस्य पदक हात पारे । नेपाल आर्चरी संघ द्वारा २०७० सालमा आयोजित पाँचौ राष्ट्रिय आर्चरी प्रतियोगितामा उनले स्वर्ण पदक प्राप्त गरेका थिए । त्यो उपलब्धि उनले समूह खेलमा सहभागी भएर हात पारेका थिए । त्यस अघि पूर्वाञ्चल सेवा समाजद्वारा आयोजित  दोस्रो माछापुच्छ्रे आर्चरी प्रतियोगितामा भने व्यक्तिगत रूपमै प्रथम स्थान कब्जा गरी स्वर्ण पदकका हकदार बने । त्यस अघि त्रिपुरेश्वर, काठमाडौंमा पहिलो इनडोर राष्ट्रिय आर्चरी प्रतियोगितामा भाग लिएर एउटा रजत र एउटा काँस्य  पदक जितेका थिए । अहिले सम्म राष्ट्रियस्तरमा आर्चरी खेल्ने सुदूरपश्चिमका एक्ला खेलाडी हुन् उनी । पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्व क्षेत्रमा एकदमै लोकप्रिय यो खेलको सुदूरपश्चिम क्षेत्रमा भने खासै विकास हुन सकेको छैन । पश्चिमाञ्चल क्षेत्रका कतिपय आदिवासी जनजाति समुदायको तारो हान्ने संस्कृति सँग पनि यो खेल मिल्दो छ ।  त्यसैले यस खेलको राष्ट्रिय रूपमा विकास गर्न सके बिदेशमा नाम कमाउन सकिने उनको विश्वास छ । त्यसका लागि राम्रा खेलाडी उत्पादन र पूर्वाधारको विकास पहिलो सर्त रहेको उनको भनाइ छ । उनकै पहलमा दोधारा चाँदनीमा फारवेष्ट आर्चरी क्लब गठन गरिएको छ । दोधारा चाँदनीका १२ महिला सहित २५ जनालाई उनले प्रशिक्षण दिदै आएका छन् । आज ओम पुष्पाञ्जली ई. स्कुल र फारवेष्ट आर्चरी क्लव दोधारा चाँदनीले सम्मान गर्ने क्रममा प्रशिक्षक होम थापा संग पत्रकार पप्पु गुरुङ्ग संग गरिएको छोटो कुराकानी :–
    कसरी चलाउदै हुनुहुन्छ आर्चरी बिद्यालय ?
निकै असजिलो भएको छ् । धनुवाण खरिदको लागी ब्यक्तीगतरुपमा जोहो गर्नु पर्छ ।
    दोधारा चाँदनीमा आर्चरी खेलको कत्तिको महत्व दिएका छन् ?
आर्चरी खेल दोधारा चाँदनीको लागी नौलो भएपनि यसको महत्व प्रति स्थानियहरु सकारात्मक छन् । सबैले सहयोग गरेर प्रतियोगितामा समावेश भएको अवस्था हो ।
    तपाईको लक्ष्य के छ ?
शुदुरपश्चिमको दोधारा चाँदनीलागी खेलको माध्यमबाट पनि चिनाउने रहर छ् । जस्मा सबैको सहयोग पाउदै आएको छु ।
    स्थानिय क्षेत्रबाट यस खेलमा कतिको सहयोग पाउदै आउनुभएको छ ?
राम्रै पाउदै आएको छु । ब्यक्ती ब्यक्तीको सहयोगले अझै सम्म अगाडी बढ्दै गरेको अवस्था छ् ।
    अन्तमा केही भन्नु छ ?
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा सबै राजनितिककर्मीहरुले नगरस्तरिय खेलकुल समिती चाडै गठन गरि खेलमा लगानी लगाउनु पर्ने अहिलेको टडकारो समस्या देखिएको छ् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web