कविता महोत्सव एवं ‘खुला कविता प्रतियोगिता २०८१’ हुँदै

असार २५, २०८१ 2024-07-08 मा प्रकाशित
Published at 2024-07-08

261 views

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न संस्थाको सहयोगमा कविता महोत्सव एवं ‘खुला कविता प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ ।

स्व. केदारमान व्यथित, राजनीतिज्ञ एवं समाजसेवी स्व. पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व. चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

‘भाषा, कला, संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको ट्रष्टका अध्यक्ष महेन्द्रमान व्यथितले जानकारी दिए ।

कविता महोत्सवको संयोजक अनन्त कुमार श्रेष्ठका अनुसार कविता महोत्सवमा प्रथम पुरस्कार १५ हजार ५५५, दोस्रो पुरस्कार ११ हजार १११ र तेस्रो हुनेले ७ हजार ७७७ रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुन कविता २०८१ साउन १५ गते बेलुकी ५ बजेभित्र पठाउनुपर्नेछ ।

कविताको अन्तिम छनोट सूची २०८१ साउन २० मा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.