भारतसँग जिम्बावे १ सय रनले पराजित

असार २४, २०८१ मा प्रकाशित | 196 views


काठमाडौँ । घरेलु टाेली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।

हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । जिम्बावेका वेस्ले मेधेवेरेले सर्वाधिक ४३ रन बनाए । भारतका मुकेश कुमार र आवेश खानले ३/३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय ३४ रन बनायाे । भारतका अभिषेक शर्माले शतक बनाए । उनले ४७ बल खेल्दै ८ छक्का र ७ चाैका प्रहार गरे । यस्तै रुतुराज गायकवाडले ७७ र रिङ्कु सिंहले नट आउट ४८ रन बनाए ।

योसँगै ५ खेलको शृङखला १/१ को अवस्थामा पुगेको छ । पहिलो खेल जिम्बावेले जितेको थियो । तेस्रो खेल आउँदो बुधवार, चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आउँदो आइतवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web