पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा

असार १८, २०८१ मा प्रकाशित | 231 views


काठमाडौँ । पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

फ्रान्कफर्टमा भएको खेलमा निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो । पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी विफल पार्दा स्लोभेनिया ३–० ले पराजित भएको हो । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

यसअघि भएको अर्को खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर क्वाटरफाइनलमा पुगेको हो । डसेलडोर्फमा भएको खेलमा बेल्जियमले गरेको आत्मघाती गोलको मद्यतमा फ्रान्सले जितेको हो ।

यसअघि जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड क्वाटरफाइनलमा पुगिसकेका छन् । युरोकप फुटबलमा आज रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web