नुवाकोट साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा श्रष्टाहरुमा सम्मानित

असार १६, २०८१ मा प्रकाशित | 1636 views

नुवाकोट साहित्य प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा श्रष्टाहरुमा सम्मानित

विदुर । नुवाकोट साहित्य प्रतिष्ठान नेपालको सत्रौं बार्षिक उत्सब सम्पन्न भएको छ । साहित्यकार नयनराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तीन साहित्यिक श्रष्टाहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष विष्णु सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा डा.मञ्जुश्री प्रधान,सुरेशबाबु जमरकट्टेल र टेकनाथ दहाललाई सम्मानित गरिएको हो ।

सो अवसरमा संस्थाका सल्लाहकार श्रीराम श्रेष्ठ ,रामकृण्ण अमरशम्भुप्रसाद शर्मा ,कृष्णदेव रिमाल शब्दसेना,बिष्णु प्रसाद आचार्य,अतृप्तू ,बैरागी जेठा ,दिनेश पाण्डे,सुमित्रा सुमी,नवदिप अजनवी ,देबचन्द्र भट्ट ,सुरेन्द्र शाक्य ,रामकृष्ण भट्ट ,बिन्दा अर्यालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न कविहरुले कविता वाचन पनि गर्नुभएको थियो । नुवाकोट साहित्य प्रतिष्ठानले हरेक वर्ष श्रष्टा सम्मान तथा वार्षिकोत्सव मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web