मुगुमा बाटोमा भल बगेर गल्छी बनाए पछि आवागमन बन्द

साउन १, २०७३ मा प्रकाशित | 705 views

१ साउन, मुगु ।
दुई साता देखिको लगातार बर्षाका कारण आएको बाढीले आज दिउँसो कार्कीवाडा  गाबिस बडा  नं ४ बुका खोला भन्ने ठाउँको बाटोमा पहिरो गई करिव चार मिटर जति गहिरो गल्छी बनाए पछि बाटो हिड्ने बैकल्पिक ब्यबस्था नहँुदा र कार्कीवाडा र पिना गाबिसका मन्दु, पिना, कोटिला, बालैं सिगाडीका मानिसहरुको आवागमन बन्द भएको हो ।

करिब दुई किलोमिटर माथि ताल्चा बिमानास्थल नजिकै पर्ने खोला बाट पहिरो झरे पछि कार्कीवाडा गाबिसको कालापाल्त भन्ने स्थानको करिब आधा हेक्टर जग्गामा लगाएको कोदो , धान, आलु, मकै लगायतको अन्न  बाली नष्ट  भएको श्रीनगर गाबिसका सचिब नन्द बहादुर मल्लले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web