
१ साउन, मुगु ।
दुई साता देखिको लगातार बर्षाका कारण आएको बाढीले आज दिउँसो कार्कीवाडा गाबिस बडा नं ४ बुका खोला भन्ने ठाउँको बाटोमा पहिरो गई करिव चार मिटर जति गहिरो गल्छी बनाए पछि बाटो हिड्ने बैकल्पिक ब्यबस्था नहँुदा र कार्कीवाडा र पिना गाबिसका मन्दु, पिना, कोटिला, बालैं सिगाडीका मानिसहरुको आवागमन बन्द भएको हो ।
करिब दुई किलोमिटर माथि ताल्चा बिमानास्थल नजिकै पर्ने खोला बाट पहिरो झरे पछि कार्कीवाडा गाबिसको कालापाल्त भन्ने स्थानको करिब आधा हेक्टर जग्गामा लगाएको कोदो , धान, आलु, मकै लगायतको अन्न बाली नष्ट भएको श्रीनगर गाबिसका सचिब नन्द बहादुर मल्लले बताउनु भयो ।