कसरी पायो आदित्य प्रतिष्ठानले एक करोड ? यस्तो छ कारण

साउन १, २०७३ मा प्रकाशित | 1927 views

काठमाडौं,साउन १ । सरकारले आदित्य दाहालको संरक्षणमा खुलेको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले शुक्रबार प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न उक्त रकम दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए। कान्तिपुर दैनिकमा समाचार छ।

झापाका शेषराज र ईश्वरा दाहालका छोरा दाहाल यही साउनमा ६ वर्ष पुग्दैछन्। बोल्न, हिँडडुल गर्न नसक्ने दाहालले लिखित रूपमा अद्भुत खालका धारणा व्यक्त गर्दै आएका छन्। विद्यालय नगएका र अक्षरसमेत नचिनेका दाहालले एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि दाहाल चर्चामा छन् । झन्डै चार वर्षको उमेरमा उनको यस्तो प्रतिभा प्रस्फुटन भएको थियो। त्यसपछि उनका धेरै अनुयायी बन्दै गएका छन् । त्यसमध्ये धेरै नेताहरूसमेत बालक दाहालको क्षमताबाट प्रभावित छन्।

कसरी भयो निर्णय?

एमाले-माओवादी गठबन्धनको द्वन्द्व चुलिँदै गएको अवस्थामा गत असार २३ गते साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भेला भए। राजनीतिक घटनाक्रमबारे छलफल गर्न भेला भएका उनीहरूले आधा घण्टा बालुवाटारको एउटा कोठामा छुट्टै बैठक गरे-अद्भुत बालक आदित्य दाहालसँग। त्यो बैठकको चाँजोपाँचो मिलाउने मुख्य व्यक्ति थिए माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ।

बालक दाहालको अद्भुत क्षमताबाट करिब सबै मुख्य नेता प्रभावित छन् र उनलाई पटकपटक भेट्नेसमेत गर्छन्। त्यस्ता नेतामध्ये श्रेष्ठ बालक दाहालबाट अलिक बढी नै प्रभावित छन्। दाहालको नाममा स्वतन्त्र ढंगबाट उनका अनुयायीले 'आदित्य संरक्षण प्रतिष्ठान' खोलेका छन्। प्रतिष्ठान सञ्चालन गर्न केही रकम आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष प्रतिष्ठानका पदाधिकारीले निकाले।

प्रतिष्ठानका पदाधिकारीलाई सहजीकरण गर्दै तीन जना प्रमुख शीर्ष नेताहरूसँग बालक दाहालसहित भेट्ने वातावरण नेता श्रेष्ठले मिलाए।

उक्त भेटमा प्रतिष्ठानका तर्फबाट केही सहयोगको माग भयो। जुन मागप्रति प्रधानमन्त्री ओलीसहित देउवा र दाहालले पनि सकारात्मक धारणा राखे। उनीहरू तीनै जनाले सकेसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता जनाए। यसअघि पनि तीनै शीर्ष नेताले छुट्टाछुट्टै बालक दाहाललाई भेटेका थिए। बालक दाहालले असार २३ गतेको भेटमा तीन जना नेतालाई नै मिलेर जान सुझाव दिए।

यसैगरी सांसद रामचन्द्र पोखरेलको नेतृत्वमा १० जना १० दिने भ्रमणमा चीन् गएका छन्। पौडेलसँग सांसदहरु सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा,दिवानसिंह विष्ट, शारदा पौडेल र विष्णुमाया परियार चीन भ्रमणमा छन्। उनीहरु साउन ६ गते बेलुका नेपाल फर्कन कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web