‘नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि बट्टार युथ क्लबले जित्यो

असार २, २०८१ मा प्रकाशित | 272 views


त्रिशूली । अखिल नेपाल फुटबल संघ (एन्फा) नुवाकोटको आयोजनामा सञ्चालित ‘नुवाकोट जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१’ बट्टार युथ क्लबले जितेको छ ।

यसअघि विवादको कारण रोकिएर शनिबार सम्पन्न फाइलनमा इनारपाटी युवा क्बललाई तीन–शुन्य गोल अन्तरले हराउदै जिल्ला लिगको उपाधि बट्टारले हात परेको हो । योसगैँ एन्फाको बागमती प्रदेसस्तरीय प्रतियोगितामा नुवाकोटबाट बट्टार युथ क्लबले प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।

बिजेता टोलीलाई रु पचास हजार र उपबिजेतालाई रु पच्चिस हजार सहित ट्रफी, शिल्ड, मेडल र प्रमाणपत्र विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठले प्रदान गर्नुभयो ।


यसअघि गत जेठ शनिबार आयोजित फाइनल खेलमा गोलको विषयलाई लिएर उत्पन्न विवादको कारण स्थगित भएको खेल रोकिएको समय ६५ मिनेटबाट नै खेलाएर जिल्ला लिग कपको बिजेता छानिएको एन्फा नुवाकोटका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिनुभयो ।

नुवाकोटका ‘ए’स्तरीय बाह्र क्लब सहभागी भएको प्रतियोगितामा दुई क्लब रेलिगेशनमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web