दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

असार १, २०८१ मा प्रकाशित | 208 views


काठमाडौँ । दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि रीजा हेनड्रिक्सले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान एडेन मार्क्रमले १५, ट्रीस्टान स्टबसले अविजित २७, क्वेंटन डिककले १० रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर दीपेन्द्र सिंह ऐरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ४ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।

यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले चार ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट लिन भने सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web