
काठमाडौँ । निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्डको उद्घाटन शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।
हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित हेटौंडा सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको सब स्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले बताए ।
मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अविच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सम्पन्न भएको हो ।
हेटौंडा-ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेन सम्मको १५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ ।
27.4¡ÆC