देशको केही ठाउँमा पानी पर्ने सम्भावना

जेष्ठ २९, २०८१ 2024-06-11 मा प्रकाशित
Published at 2024-06-11

97 views

काठमाडौँ । नेपालमा मनसुन भित्रिएसँगै पूर्वी क्षेत्रमा प्रभाव देखिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज पूर्वको कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशमा मनसुनको प्रभावले केही ठाउँमा पानी परिरहेको महाशाखाका मौसमविद् गोबिन्द झाले जानकारी दिनुभयो । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।

त्यस्तै देशका मध्य र पश्चिम क्षेत्रमा तापक्रम उच्च नै छ । आज पनि तराई क्षेत्रका केही ठाउँमा तापक्रम ४० देखि ४४ डिग्री सेल्सियससम्म रहन सक्ने अनुमान छ । नेपालमा मनसुन भित्रिएपनि पश्चिम तराईमा तापक्रम अझै एक/दुई दिनसम्म तापक्रम उच्च नै रहने मौसमविद्ले बताएका छन् ।

पूर्वबाट भित्रिएको मनसुन विस्तारै पश्चिमतर्फ लाग्नेछ । अबको चार/पाँच दिनमा मनसुन पश्चिम सर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.