सन्दीपले वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपको खेल खेल्ने

जेष्ठ २८, २०८१ 2024-06-10 मा प्रकाशित
Published at 2024-06-10

96 views

काठमाडौँ । क्रिकेटर सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी –२० विश्वकपका खेलहरु खेल्ने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले आज विज्ञप्ति निकालेर विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशसँको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामिछानेले खेल्ने भएका जानकारी गराएको हो ।

वेस्ट इन्डिजमा नेपालले बङग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ । अब दुवै खेलमा खेलमा सन्दीपले सहभागिता जनाउने भएका छन् । अमेरिकाले भिसा नदिए पनि आइसीसीसँग समन्वय गरेर वेस्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समावेश गरिएको क्यानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.