
लिखु । नेपाल किसान महासंघ नुवाकोटले लिखु गाउँपालिकामा पालिकास्तरीय कार्यसमिती विस्तार गरेको छ ।
कार्यक्रमको उत्घाटन नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती नुवाकोटका सभापति एवम् प्रदेश संसद रमेशकुमार महतले गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपालमा ६१ प्रतिशत जनता आबद्ध रहेको जानकारी दिँदै राज्यले किसानको समस्यालाई यथोचित रुपमा सम्बोधन गर्न नसकेको बताउनुभयो ।

वि.सं. २०१५ सालमा बि.पि. कोइरालाको प्रधानमन्त्रीत्वमा प्रस्तुत बजेटमा किसानमुखी कार्यक्रम सुनिश्चित भएको बताउँदै सभापति महतले नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको सरकारले कृषि क्षेत्रको विकासका लागि प्रसस्त कार्यक्रम अगाडी बढाएको समेत बताउनुभयो ।
नेपाल किसान महासंघ नुवाकोटका सभापति अजय पाठकको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका कोषाध्यक्ष प्रलाद पन्त, क्षेत्रीय सभापति तथा लिखु गाउँपालिकाका प्रमुख धुर्ब श्रेष्ठ, नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाका सभापति विनोद पाठक, महासमिती सदस्य सरस्वती मल्ल, वडाध्यक्षहरु नरहरी पाण्डे, विश्व खतिवडा लगाएतले मन्तव्य राख्नुभएको थियो ।
उक्त भेलाले बद्री भट्टराईको अध्यक्षतामा २१ सदस्यीय समितीको विस्तार गरेको छ । समितीको उपाध्यक्षमा सुमन शाक्य, मोदप्रसाद ढकाल, सचिवमा सपना राई, प्रलाद लामिछाने, सहसचिवमा सोनिया श्रेष्ठ, मखमली राई र कोषाध्यक्षमा शोभा पाठक रहनुभएको छ ।

यस्तै, सदस्यहरुमा गोपालप्रसाद पाण्डे, शिवराम ढकाल, धुर्ब राई, गोकर्णप्रसाद लामिछाने, बलबहादुर मगर, तुलसी रानामगर, कपिल गजुरेल,रामबहादुर राई, गिता राई , रविना श्रेष्ठ, सृजना थापामगर, विमला राई, कुष्णबहादुर थापामगर, चन्द्रिका पण्डित, भैरवप्रसाद लामिछने र भैरव भण्डारी रहेका छन् ।

27.4¡ÆC