
बट्टार । विदुर नगरपालिकाले ‘टी टवान्टी विश्वकप’ क्रिकेट अन्तरगत नेपालको खेललाई प्रोजेक्टर मार्फत ठूलो पर्दामा देखाउने व्यावस्था मिलाएको छ । त्यसको लागी बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा नेपालले खेल्ने आज सहित बाँकी दिनका खेलहरु ठूलो पर्दामा हेर्ने व्याबस्था मिलाएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार विश्वकपमा नेपालको सहभागिता निकै महत्वपूर्ण रहेकाले त्यसको प्रचार तथा नेपाली खेल र खेलाडी प्रति आम नगरबासीमा एकताको लागी नेपालको खेललाई प्रोजेक्टर मार्फत ठूलो पर्दामा देखाउन लागिएको हो । नगरको मध्ये भाग र धेरै दर्शक अटाउन सहज हुने भएकाले बट्टार क्याम्पसको खेल मैदानमा प्रोजेक्टर मार्फत ठूलो पर्दामा खेल देखाउने व्यावस्था मिलाउन नगरप्रमुखले निर्देशन दिएसगैँ अहिले त्यसको लागी आवश्यक तयारी तिव्र बनाइएको छ ।
सामूहिक रुपमा खेलको अवलोकन मार्फत नगरबासीमा क्रिकेट खेल र खेलाडी प्रतिको सद्भाव बृद्धि हुने, नगरबासी बीच सामूहिक एकता कायम हुने, खेल प्रतिको आकर्षण बढ्न सहयोग पुग्ने विश्वासले प्रोजेक्टर मार्फत ठूलो पर्दामा खेल हेर्न व्यावस्था मिलाइएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
नेपालले खेल्ने सबै खेलहरु ठूलो पर्दामा हेर्ने ब्याबस्था नगरपालिकाले मिलाएगसैँ खेल प्रेमीहरुको ठूलो सहभागिता बट्टार स्थित खेल मैदानमा हुने अपेक्षा गरिएको छ । खेल अवलोकनको क्रममा अनुशासन कायम राख्न, झैझगडा तथा विवाद हुने गतिविधि नगर्न, मादक पदार्थको सेवन नगर्नको लागी आग्रह गरिएको छ ।
21.12¡ÆC