कैलाश सिरोहिया हाजिरी जमानतमा रिहा

जेष्ठ १७, २०८१ मा प्रकाशित | 191 views


काठमाडौँ । नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय धनुषाको स्वीकृतिपछि सिरोहियालाई हाजिरी जमानतमा छोडिएको जानकारी दिनुभयो ।

स्वास्थ्य समस्याका कारण उपचारका लागि काठमाण्डौ पठाइएका सिरोहियालाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा बोलाएको बेला हाजिर हुने कागज गरेर जमानतमा छोडिएको उहाँले बताउनुभयो । सिरोहियालाई नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत धनुषाको आदेशमा गएको जेठ ८ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web