हिमालय क्रियशनको समर्पण यात्राको अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेष्ठ १४, २०८१ मा प्रकाशित | 784 views


काठमाडौं । लण्डनको प्रतिष्ठित म्युजिक हबमा नेपाली गित र संगीत गुञ्जिने आयोजक हिमालयन क्रिएशनले जानकारी गराएको छ ।

अन्तरक्रिया कार्यक्रम हिमालय क्रिएशनका विरोध चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरी कार्र्यक्रम स्वागत टासी लामा, बजार व्यवस्थापनका बारेमा युपेन दाहाल र किरण थापा, आर्थिक र सांस्कृतिक व्यवस्थापन बारेमा निश्चल श्रेष्ठ, अतिथि सम्मान र संस्कारमा प्रज्वल श्रेष्ठ र मन्दिप राईले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा विशेष सल्लाह, सुझाव, कार्यक्रमको औचित्यबारे अभिभावक डा. महेन्द्र रञ्जित, ढाका तिवारी, उदय दुरा, निराजन ठकुरी, मिग्मा शेर्पा, कुमार दाहाल लगायतका सामाजीक ब्यक्तित्वको सुझाब एंब अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको थियो ।

लण्डन, ओन्टारियोमा पहिलो पटक लाइभ म्य्ुजिक विथ ब्याण्डको कार्यक्रम हुन गइरहेको सबैलाई अवगत छ । जसको पूर्व सन्ध्यामा लण्डन निवासी अग्रज सामाजिक, सांगितिक तथा नेपाली अभिभावकमा आयोजक हिमालय क्रियशनले अन्तरक्रिया तथा संस्थाको सुझाव संकलन गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । र यस कार्यक्रममा नेपाली गित संगीतलाई लण्डन, क्यानडामा भइ नेपाली भाषा र संंगीतको मिलनले सम्पूर्ण नेपालीभाषीको परिचय व्यक्त गर्दछ ।

त्यसैमा सक्रिय भएर हिमालय क्रियशनले विविध नेपाली संगित तथा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्य अनुरुप अन्टारियो, लण्डनकै प्रतिष्ठित म्युजिकल हबमा हिमालमयन किर्यसनले पहिलो पटक नेपाली ब्याण्डको लाइभ कार्यक्रम आयोजना गरेको छ ।

सक्रिय रुपमा नेपाली भाषालाई विश्वभरी चिनाउने लक्ष्य राख्दै हिमालय क्रियशनले भव्यताका साथ २००० दर्शकको माझमा नेपाली कला, संस्कृति सम्बद्र्धन गर्दै नेपाली बालबालिकादेखि जेष्ठ नागरिक सम्म प्रिय सबिन राईलाई लण्डन म्यु्जिक हलमा लाइभ प्रस्तुत गरी नेपाली गित संगीतलाई प्रबद्र्धन गर्ने लक्ष्य राखेको हिमालय क्रियशनले प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web