नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायो

जेष्ठ १३, २०८१ मा प्रकाशित | 266 views


काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ह्युस्टन हरिकेन्सलाई दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि हराएकाे छ । याेसँगै नेपालले दुई खेलकाे शृङ्खला ‘क्लिन स्वीप’ गरेकाे छ ।

आज बिहान प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएकाे खेलमा नेपालले ह्युस्टन हरिकेन्सलाई २७ रनले हरायाे । नेपालले दिएकाे १ सय २४ रनकाे सामान्य लक्ष्य पछ्याएकाे ह्युस्टन १८ ओभर ३ बलमा ९६ रनमा अल आउट भयाे । ह्युस्टनका जिया शेहजादले सबैभन्दा धेरै ३५ रन बनाए । नेपालका करण केसीले ३, साेमपाल कामीले २ तथा कप्तान राेहितकुमार पाैडेल, अबिनाश बाेहरा र सागर ढकालले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विेकट गुमाउँदै १ सय २३ रन बनायाे । नेपालका राेहितकुमार पाैडेलले ३७, कुशल भुर्तेलले २३ रन बनाए । ह्युस्ट हरिकेन्सका शेख जुनियर र जिया शेहजादले समान २ विकेट लिए ।

हिजाे भएकाे पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । अब नेपाली टोली टेक्सासको डालास जानेछ । त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ ।

क्यानडासँग भाेलि साेमवार र अमेरिकासँग मे ३० अर्थात् बिहीवार खेल्नेछ । त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web