MISS TALENT-2024 मा छानिएका प्रतियोगिको क्षमता अभिबृद्धि कक्षा जेठ १३ गतेदेखि

जेष्ठ ११, २०८१ मा प्रकाशित | 725 views


काठमाडौ । मिस ट्यालेन्ट २०२४ (MISS TALENT-2024) को दोस्रो अडिशन भव्य रुमिा सफल भएसगैँ छनोट भएका प्रतियोगिहरुको लागी क्षमता अभिबृद्धि प्रशिक्षण जेठ १३ गते आइतबारदेखि सुरु हुने भएको छ ।

नम्रता ट्रष्ट नेपालको मुख्य आयोजनामा भइरहेको मिस ट्यालेन्ट २०२४ को छनोट भएका प्रतियोगिहरुको विभिन्न कोर्षको कक्षा अफिसियल कोरियोग्राफर प्रियारानी लामाबाट हुन गइरहेको हो ।

उहाँ अन्तराष्ट्रिय मोडल सहित मिस कस्मोपोलिटन वल्र्ड २०१९को प्रिजेन्ट कोच सहित चर्चित मिडियाकर्मीको रुपमा समेत प्रतिष्ठा कमाएको कोरियोग्राफर भएकाले सहभागी प्रतियोगिको दक्षता र क्षमता बृद्धिमा उल्लेख्य परिवर्तन आउने आयोजक नम्रता ट्रष्ट नेपालको तर्फबाट संयोजक नम्रता तामाङले जानकारी दिनुभयो ।

गत बैशाख १५ गते नुवाकोटमा पहिलो र बैशाख २३ गते काठमाडौमा दोश्रो अडिसन सम्पन्न भएसगैँ छनोट भएका प्रतियोगिलाई जेठ १३ गतेदेखि हुने कक्षामा मिस ट्यालेन्टको उत्कृष्ट प्रतिभा प्रस्फुटनको लागी चाहिने विविध शिर्षकमा दक्षम बनाउन लागिएको छ । उनीहरुलाई सामाजिक परिचय, क्षमता अभिबृद्धि, आत्मविश्वास लगायतका विषयमा दक्ष बनाएसगैँ मिस ट्यालेन्ट २०२४ को विजेताको लागी अन्तिम प्रतिस्पर्धाको लागी स्टेजमा प्रस्तुत गर्न लागिएको छ ।

मिस ट्यालेन्ट २०२४ मा १७ वर्षदेखि ३० वर्षसम्मका अविबाहित युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुहरुलाई स्कीन तथा हेयर प्रिजेन्टको रुपमा आवरण स्किन क्लिनिकले सहयोग पुराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web