भोलिदेखि काठमाडौंमा हुने एशियन तेक्वान्दो प्रतियोगिता को सम्पुर्ण तयारी पुरा

जेष्ठ १०, २०८१ मा प्रकाशित | 201 views


काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

बिहीबार महासंघले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दा प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकडेमि, सातदाबाटो हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने जनाएको छ ।

नेपाल सीएचआईटीएफ तेक्वान्दो विभिन्न गतिविधी अन्तर्गत परिवर्तन, विकास र समृद्धी ल्याउनका लागि संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको अवस्था तेक्वान्दो खेलको विकास र विस्तार गरी युवा खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना गर्न लागेको सङ्घका महासचिब रमेश बिश्वकर्माले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web