
नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा रेबिज रोग विरुद्धको खोप को अभाव भएर सेवा रोकिएसगैँ विदुर नगरपालिकाले आवश्यक खोप उपलब्ध गराएको छ ।
त्रिशूली अस्पतालको लागी तत्काल सेवा सुचारु राख्न आवश्यक ऐंटीरेबीज भ्याक्सिन खोप नगरप्रमुख राजन श्रेष्ठले प्रदान गर्नुभएको हो । नगरप्रमुख श्रेष्ठले सेवा सुचारुको लागी चाहिने खोप त्रिशूली अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष राजु पण्डित र मेडिकल सुपरिटेन्डेण्ट राजेन्द्र लामालाई सयुक्त रुपमा प्रदान गर्नुभयो ।
उहाँले त्रिशूली अस्पतालको लागी विदुर नगरपालिकाको तर्फबाट उपलब्ध गराउदै आएको आवश्यक जनशक्ती, स्वास्थ्य सामाग्रि सहितको सेवाहरुलाई आगामी दिनमा थप बृद्धि गरिदै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
खोप प्राप्त भएसगैँ पछिल्लो एक महिनादेखि अबरुद्ध भएको सेवा सुचारु गराउन सकिने मेडिकल सुपरिटेन्डेण्ट राजेन्द्र लामाले जानकारी दिनुभयो ।
अस्पतालको लागी खोपको अभाव भएको जानकारी पाएसगैँ नगरपालिकाको तर्फबाट उपलब्ध गराएको खोपबाट तत्कालै रोकिएको सेवा सुचारु गराउने र आगामी दिनमा आवश्यक सेवा नियमित गराउन थप सहयोग रहने नगरप्रमुखको प्रतिबद्धताले थप उत्साह जगाएको उहाँको भनाई छ ।
रेबिज रोग विरुद्धको खोप प्रदान गर्न आयोजित कार्यक्रममा नगरपालिकाको ३ नं अध्यक्ष बद्रीप्रसाद रिमाल, स्वास्थ्य शाखाको जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी लगायतको सहभागिता रहेको थियो ।
के हो रेबिज, कसरी सर्छ ?
सुरुमा जनावरको र्यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हँुदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्दछ । गिदीमा सङ्क्रमण भएपछि मात्र विशेष लक्षणहरू देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्दछ । यस्ता सङ्क्रमित जनावारले टोक्दा र्याल ग्रन्थिमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
लक्षण
रेबिज लागेमा ज्वरो आउने, झमझमाउने, टोकेको ठाउँमा अत्यधिक दुख्ने हुन्छ । त्यस्तै पानी, हावादेखि डराउने, चिटचिटाहट हुने, रिसाउने जस्ता समस्या पनि देखिन्छ । रेबिजका कारण आँखा, नाक, मुख र शरीरमा घाउ हुने गर्दछ । यसबाट अरू मानिसमा पनि सर्न सक्छ । रेबिजका बिरामीले पानी पिउँदा घाँटीमा दुख्ने गर्छ । रेबिजले स्नायु प्रणालीसँगै श्वासप्रश्वासमा पनि बाधा उत्पन्न गर्न थाल्छ । रेबिजका कारण हृदयाघात र मृत्यु पनि हुन सक्छ ।
उपचार विधि
रेबिज रोग लागिसकेपछि बाँच्न गाह्रो हुन्छ । रेबिजपछि बिरामीको दुखाइ व्यवस्थापन र बाँचुन्जेल सजिलो बनाउने मात्र हो । घरपालुवा कुकुरलाई नियमित रूपमा खोप लगाउने, भुस्याहा कुकुरबाट बच्ने र सम्भव भए व्यवस्थापन गर्ने । कुकुर, स्याल, चमेरो, बिरालोको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउने, रेबिजको भाइरस हुने सम्भावित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने । जतिसक्दो चाँडो अस्पताल पुर्याई रेबिजविरुद्धको खोप लगाउनु उपयुक्त हुन्छ । कुकुरले टोकेपछि छिटो भ्याक्सिन लगाउँदा भाइरस धेरै फैलिन पाउँदैन । कुकुरले टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने चिकित्सकहरूको भनाइ छ ।
23.22¡ÆC