सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन

जेष्ठ ९, २०८१ मा प्रकाशित | 366 views


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका जानका लागि भिसा आवेदन दिएकोमा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यही जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुने प्रतियोगिताका लागि नेपाली टोलीका अन्य खेलाडी अमेरिका पुगिसकेका छन् ।

यसअघि सन् २०१९ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने क्रममा पनि सन्दीपलाई शुरुमा अमेरिकी दूतावासले भिसा दिएको थिएन । तर त्यसको आलोचना भएपछि सन्दीपले पछि भिसा पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web