विनवार्ड्ससँगको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

जेष्ठ ४, २०८१ मा प्रकाशित | 214 views


काठमाडौँ । विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजसँगको दास्रो खेल पनि जितेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको घरेलु टोली विनवार्ड्स भोलक्यानोजले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ३० रन मा त्र बनाउन सक्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

विनवार्ड्स भोलक्यानोजसँगको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । नेपालले यही टोलीसँग भोलि तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्नेछ । यो अभ्यास खेलपछि नेपालको टोली पर्सि आइतवार तारिखमा ह्यूस्टन जानेछ । आउने मङ्गलबार प्रशिक्षणमा सहभागी हुनेछ ।

त्यसपछि जेठ ९ र १० गते आउँदो बुधवार र विहिवार नेपालले ह्यूस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्यूस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । जेठ १२ गते शनिवार डालास प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web