
काठमाडौँ । सरकारले आउँदाे दशकलाई सूचना प्रविधिको दशक बनाउँदै पाँच हजार जनालाई रोजगारी दिने घोषणा गरेको छ । आज सरकारकाे आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पाैडेलले यस्ताे घाेषणा गर्नुभएकाे हाे ।
राष्ट्रपति पाैडेलले सार्वजनिक निकायमा प्रयोगमा आउने प्रणाली तथा सफ्टवेयर सरकारी क्षेत्रबाट निर्माण गर्ने तथा देशमा विकसित सफ्टवेयरलाई प्राथमिकता दिई उपयोग गर्ने नीति लिइने बताउनुभयाे । सूचना प्रविधिलाई डिजिटल आधारको रूपमा लिई सामाजिक आर्थिक रूपान्तरण गर्न आउँदाे दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइने उल्लेख छ ।
सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधिकाे हबको रूपमा विकास गरिने कुरा नीति तथा कार्यक्रममा छ । काठमाण्डाै उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त ठाउँहरूमा सूचना प्रविधि वर्क स्टेशन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिने उल्लेख छ ।
यस्तै सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नका लागि प्रोत्साहनका कार्यक्रम ल्याउने भएको छ । अर्बाैँ ऋण लगानीमा ठूला पूर्वाधार बनाए पनि सञ्चालन गर्न नसकेपछि थप प्रोत्साहनका कार्यक्रम ल्याउने सरकारले घोषणा गरेको हो ।
26.41¡ÆC