आगलागी र ढडेलोमा परि बैशाखमा २७ जनाको मृत्यु

काठमाडौँ । आगलागी र वन डढेलोमा परि वैशाख महिनामा २७ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख महिनामा मात्र देशभर आगलागीका ८ सय ६१ र डढेलोका ५ सय ७३ वटा घटना भएका छन् । आगलागीमा परी २१ जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए ।

त्यस्तै, डढेलोमा जलेर ६ जनाको मृत्यु र १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

TOP