
काठमाडौं । लोकतन्त्रको सुदृढीकरण, जवाफदेहीता रपारदर्शीता अभिबृद्धी, र सुशासन प्रबर्धन जस्ताविषयहरुमा साझेदारी र स्थानीय मिडियाहरुसँगकोसहकार्य गर्ने उदेश्यले खुलेको डेमोक्रेसी मिडियानेटवर्कले आजबाट अंग्रेजी भाषाको द डिएमएन न्यूज https://thedmnnews.com/सञ्चालनमा ल्याएको छ ।
समाजमा रुपान्तरण तथा सकारात्मक परिवर्तनकोपक्षमा काम गर्न मिडियाले प्रभावकारी भुमिका निर्वाहगर्नसक्ने तथ्यलाई मनन् गर्दै मुनाफा वितरण नगर्नेसंस्थाको रुपमा डेमोक्रेसी मिडिया नेटवर्क स्थापनाभएको हो ।
नेटवर्कको नेतृत्व पत्रकार तथा पत्रकारिता तथाआमसञ्चार प्राध्यापनमा संलग्न शिरोमणि ढुङ्गानालेगर्नेछन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुमाकाम गरेको अनुभव संगालेका ढुङ्गानाले हाल उनीइन्टरनेशनल प्रेस इन्च्टिच्युटको नेपाल च्याप्टरमहासचिव समेत रहेका छन् । मिडिया अतिरिक्तउनले राष्ट्रिय योजना आयोग, विश्व बैंक, एशियालीविकास बैंक, र बीबीसी मिडिया एक्सन लगायतकासंघसंस्थाहरुमा समेत अध्ययन–अनुसन्धान, ज्ञानव्यवस्थापन लगायतको क्षेत्रमा काम गरिसकेका छन्।
गैरनाफामुलक संस्थाको रुपमा दर्ता भएको नेटवर्कमाद हिमालयन टाइम्स, रिपब्लिका, राइजिङ्ग नेपाल, न्यु बिजिनेश एज, नेपाल लाइभ टुडे लगायतकामिडियाहरुमा काम गरिसकेका युवा तथा अनुभवीपत्रकारहरु संस्थामा आवद्ध छन् ।

“द डिएमएन न्यूजमार्फत हामी स्थानीय तहकासकारात्मक प्रयासहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा सम्प्रेषित गर्न चाहन्छौं । यसका लागि हामीबृहत रुपमा आपसी हित र सम्मानमा आधारितसहकार्य तथा साझेदारी गर्न चाहन्छौं,” नेटवर्ककाअध्यक्ष शिरोमणि ढुङ्गानाले बताउनुभयो ।
स्थानीय, जिल्ला तथा प्रदेशस्तरमा रहेर पत्रकारितागर्ने संस्थाहरु हाम्रो लोकतन्त्रप्रतिको अविचलितविश्वास पनि हो, उनले भने । “हामी जुनसुकै तह रतप्कामा रहेका मिडियाकर्मीहरुसँग मिलेर समाजमासकारात्मक सन्देश प्रवाह गर्न, सीमान्तकृतआवाजहरुलाई उजागर गर्न र समावेशी तथान्यायपुर्ण समाजको पक्षमा आवाज उठाउन प्रतिवद्धछौं ।”
समाजमा व्याप्त मिथ्या तथा झुटा सूचनाहरू रभ्रमलाई चिर्न स्थानीय तहको मिडियासँगकोसाझेदारी र सहकार्य उपयोगी हुने विश्वास उनलेव्यक्त गरे ।
देशको समग्र अर्थतन्त्र नै संकटग्रस्त भएको रनागरिकहरूमा निराशा बढेको अहिलेको अवस्थामामिडियाले समाजका सबै वर्ग तथा समुदायकोआवाजलाई प्रतिनिधित्व गर्दै सकारात्मक सन्देशप्रवाह गर्न आवश्यक रहेको उनले बताए ।
द डिएमएन न्युजको कार्यकारी सम्पादको जिम्मेवारीमहावीर पौड्यालले गर्नेछन् । पौड्याल विगतएकदशकभन्दा लामो समयदेखि विभिन्नसञ्चारमाध्यमहरुमा काम गर्दै आईरहेका छन् ।
डेमोक्रेसी मिडिया नेटवर्क मुनाफा वितरण नगर्नेजनहितकारी उदेश्यसहित खुलेको संस्था हो । अंग्रेजीभाषाको द डीएमएन न्यूज पोर्टल बाहेक संस्थालेदेशका विभिन्न भेगका मिडिया तथा सञ्चारसंस्थाहरुसँग सहकार्य तथा साझेदारी गर्ने र सञ्जालनिर्माण गर्ने समेत उदेश्य राखेको छ ।
यस अतिरिक्त संस्था विकास सञ्चार, मिडियासाक्षरताजस्ता जनतासँग जोडीएका विषयमाअभियान चलाउने, वकालत गर्ने र सचेतना अभिबृद्धीगर्ने समेत लक्ष्य राखेको छ ।
संस्थाले स्थानीय, जिल्लास्तरीय तथा प्रादेशिक मिडियाहरुजस्तै नागरिक समाज, प्राध्यापक, बुद्धिजिवी, शिक्षक, आमा समुह, स्वास्थ्यकर्मीलगायत सबैसँग मिलेर काम गर्ने समेत बताएको छ । नुवाकोटमा डेमोक्रेसी मिडिया नेटवर्कको साझेदार मिडियाको रुपमा www.topnepalnews.com, सहित रेडियो चिम्टेश्वर ९०.९ मेगाहर्ज र रेडियो बागमति एफ.एम. १०७.४ मेगाहर्ज रहेका छन् ।

18.12¡ÆC