इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

बैशाख २५, २०८१ मा प्रकाशित | 190 views


काठमाडौँ । इङ्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । गएराति इङ्ल्यान्डको एल्डरशटमा रहेको ईबीबी स्टेडियममा भएको खेलमा नेपालले २–० को हार व्यहोरेको हो । इङ्ल्यान्ड लागि खेलको आठौँ मिनेटमा निक काबाम्बाले पहिलो गोल गरेका थिए ।

त्यस्तै १३ औँ मिनेटमा क्यालाम स्टेडले गोल गरे । यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो । दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड भ्रमणमा गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web