
काठमाडौँ । काठमाडौं उपत्यकामा आइतबार पनि प्रदूषण उच्चस्तरमा छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा छ ।
काठमाडौँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १८७ छ । एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।
देशका अधिकांश भूभागमा लागेको आगलागी र डढेलोले प्रदुषणको मात्रा बढेको छ । पानी नपरुञ्जेल प्रदूषण हट्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पश्चिमी वायुको आशिंक प्रभावले तापक्रमको मात्रा भने कम भएको छ । सबैभन्दा उच्च तापक्रम पुग्ने भैरहवा, जनकपुर, धनगढी, सिमरा लगायतका स्थानकोे अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस भन्दामाथि पुगेको छैन ।
आइतबार पनि ती स्थानमा सोही अनुपातमा तापक्रम पुग्ने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
19.43¡ÆC