आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई २४ रनले हरायो

बैशाख २२, २०८१ मा प्रकाशित | 216 views


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्स्लाई २४ रनले हराएको छ । मुम्बईको वानखेडेमा गएराति भएको खेलमा कोलकाताले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको मुम्बई १८ ओभर ५ बलमा एक सय ४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधि ५६ रन बनाए । अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले ४ तथा वरुण चक्रवर्ती, सुनिल नरिन र आन्द्रे रसेलले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले १९ ओभर ५ बलमा अलआउट हुँदै एक सय ६९ रन बनाएको थियो । कोलकाताका भेन्कटेश ऐयरले सर्वाधिक ७० रन बनाए । मनिष पाण्डेले ४१ रन जोडे । कोलकाता अरु खेलाडीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् ।

जितसँगै कोलकाता १० खेलमा १४ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित मुम्बई ११ खेलमा ६ अङ्कका साथ नवौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाईटन्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेंगलुरुमा शुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web