
ककनी । नुवाकोटको ककनी गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा २७२ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी ४०४ विद्यार्थीमध्ये २७२ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
ककनी गाउँपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार यो शैक्षिक सत्रमा परीक्षा दिएका ४०४ परीक्षार्थीमध्ये ५१ जनाले कक्षा ८ को पढाई दोहोर्याउनुपर्ने भएको छ ।
उनका अनुसार ८१ जनाले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।
कूल परीक्षार्थीमध्ये २७२ जना उर्तीण भई कक्षा ९ मा भर्ना हुन योग्य रहेको समेत ज्ञवालीले जानकारी दिए। ककनीले वैशाख ११ गतेदेखि १४ गतेसम्म ग्रेडबृद्धिको परीक्षा हुने गरी कार्य तालिका निर्धारण गरेको छ ।
सो गाउँपालिकाले गत चैत ५ गतेदेखि १२ गतेसम्म कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो ।
पालिकाले विभिन्न विद्यालयबाट विषय विज्ञ झिकाएर प्रश्न पत्र बनाएको साथै परिक्षा केन्द्रमा फरक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई केन्द्राध्यक्ष र निरिक्षक बनाएर उत्तरपुस्तिकको जाँच समेत पालिका कै अन्तर विद्यालय विषय शिक्षकबाट गराएको थियो ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गाउँपालिका अध्यक्ष सुमन तामाङ निर्वाचित भएसँगै पालिकाले शिक्षा क्षेत्र व्यापक लगानी गरेको र प्रतिफल पनि सन्तोषजनक पाएको छ । साथै आगामी वर्षहरुमा शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिने गाउँपालिका स्तरीय परीक्षा समितिका संयोजक तथा ककनी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले बताउनु भएको छ ।
21.58¡ÆC