केही ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

बैशाख १२, २०८१ मा प्रकाशित | 218 views


काठमाडौँ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अरु बाँकी भागमा भने मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज लुम्बिनी प्रदेशसहित तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो ।

देशैभर गर्मी बढ्दो क्रममा रहेको र आवश्यक सावधानी अपनाउन मौसमविद्को सल्लाह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web