तेस्रो स्थानका लागि नेपालले हङकङसँग खेल्दै

बैशाख ८, २०८१ मा प्रकाशित | 258 views


काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले फाइनलमा पुगेका दुई टोलीसहित आउँदो इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो । उपाधिका लागि भोलि यूएई र ओमान खेल्नेछन् । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web