नेपाल यूएईसँग ६ विकेटले पराजित

बैशाख ७, २०८१ मा प्रकाशित
Published at 2024-04-19

102 views

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायाे ।

नेपालले दिएकाे १ सय २० रनकाे सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले २ तथा साेमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि ओमानकाे अल अमिरातमा टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायाे । नेपालका सन्दीप जाेराले अर्धशतक बनाए । सन्दीप ४० बलमा ५० रन बनाएर आउट भए । यस्तै गुल्सन झाले २०, करण केसीले १७ रन बनाए । यसैगरी कुशल भुर्तेल पहिलाे बलमै आउट भए । अन्य ५ जना ब्याटरले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । यूएईका जुनैद सिद्दिकी, अली नसीर र बसिल हमीदले समान २ विकेट लिए ।

एसीसी प्रिमियर कपकाे दाेस्राे सेमिफाइनलमा आजै ओमान र हङकङ खेल्दैछन् । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ । तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.