गृहमन्त्रीको नेतृत्वमा ट्राफिक जनचेतना र्‍याली

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा आज ट्राफिक जनचेतना र्‍याली निकालिएको छ ।

काठमाडौंको सुनधाराबाट सुरु भएको र्‍याली रत्नपार्क, पुरानो बसपार्क हुँदै सभा गृह पुगेको थियो ।

ट्राफिक नियमबारे जनचेतना फैल्याउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो ।

र्‍यालीमा सहभागीहरूले विभिन्न ट्राफिक सचेतना लेखिएका प्लेकार्डहरू बोकेका थिए । र्‍यालीमा विद्यार्थी, सामाजिक अभियन्ता तथा प्रहरीहरूको उल्लेख्य सहभागिता थियो ।

TOP