देशको केहि ठाँउमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

चैत्र २०, २०८० मा प्रकाशित | 190 views


काठमाडौँ । आज देशभर मौसम आंशिक बदली छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी र गण्डकी प्रदेशका पहाडी एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोे छ ।

त्यस्तै कोशी, बाग्मती, गण्डकी र कर्णालीप्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् गोबिन्द झाले जानकारी दिनुभयो । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा सामान्य भन्दा अलि धेरै हावाहुरीको सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।

नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web