मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपालले आज बरोडासँग खेल्दै

चैत्र २०, २०८० मा प्रकाशित | 250 views


काठमाडौँ । नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ । खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।

भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web