बागमती प्रदेशमा अनलाइनबाटै रुट पर्मिट लिन पाइने

चैत्र १४, २०८० मा प्रकाशित | 215 views


मकवानपुर । बागमती प्रदेशमा अबदेखि अनलाइनबाटै अस्थायी रुट पर्मिट लिन पाइने भएको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजबाट लागु हुने गरी अनलाइन रुट रुट पर्मिट लिने व्यवस्था मिलाएको हो ।

प्रदेश सरकारले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयबाट अनलाइनबाटै अस्थायी रुट पर्मिट लिन मिल्ने कार्यको आजबाट थालनी गरेको हो । मङ्गलवार बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले अनलाइनबाटै अस्थायी रुट पर्मिट लिने कार्यको शुभारम्भ गर्नुभयो । भक्तपुरको सल्लाघारीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा अनलाइनबाट अस्थायी रुट पर्मिट भुक्तानी प्रणालीको उद्घाटन गर्दै मन्त्री लम्सालले सेवा आरम्भको घोषणा गर्नुभयो ।

सो क्रममा उहाँले अबदेखि सार्वजनिक तथा भाडाका सवारी साधनलाई एक जिल्लाबाट अर्को जिल्लामा जान आवश्यक अस्थायी रुट पर्मिट लिन कार्यालय धाउनु नपर्ने बताउनुभयो । उहाँले घरमै बसेर सेवाग्राहीले अस्थायी पटके रुट पर्मिटका लागि फाराम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले कार्यालयमा नगई अनलाइनमै इजाजतपत्र पाइने व्यवस्थाले सेवाग्राहीलाई सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web