नेपाल बहराइनसँग ५–० को फराकिलो अन्तरले पराजित

चैत्र ९, २०८० मा प्रकाशित | 226 views


काठमाडौँ । फिफा विश्वकप छनोटअन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार बेहोरेको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गाेलले विजयी भएको हो ।

बहराइनले पहिलाे हाफमा ३ गाेल गर्दा दाेस्राे हाफमा थप २ गाेल गर्‍याे । बहराइनका लागि महदी अल हुमाइदान, सायद बाकेर, अली मदान, इब्राहिम अल खताल र इस्माइल अब्दुललातिफले १/१ गोल गरे ।

योसँगै समूह ‘एच’ मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ । समूहमा नेपाल र बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यूएई ३ खेलमा ३ जितसहित शीर्ष स्थानमा छ । तीन खेलमा १ जितसहित यमन तेस्रो छ । नेपालले अब बहराइनसँग दाेस्राे लेगमा आउँदाे मङ्गलवार चैत १३ गते खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web