तेह्रथुमको फेदापमा आगलागी, कम्तीमा १५ वटा घर जलेर नष्ट

चैत्र ४, २०८० मा प्रकाशित | 192 views


काठमाडौँ । पाँचथरको फेदाप गाउँपालिका–१ काे टारी र बाजाघर गाउँमा आगलागी भएको छ । आगलागीबाट कम्तीमा १५ वटा घर जलेर नष्ट भएको फेदाम गाउँपालिकाका अध्यक्ष केशवप्रसाद भेटवालले जानकारी दिनुभयो । आगलागीबाट केही पशुचौपाया मरेका उहाँले बताउनुभयो ।

आगलागी भएको ठाउँमा तीव्र गतिमा हावा चल्दा आगाे निभाउन गाह्राे भएकाे अध्यक्ष भेटवालले बताउनुभयाे । आगलागी भएकाे ठाउँ सुक्खा क्षेत्र र जङ्गल नजिक छ । अहिले प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयवासीले आगो निभाउने प्रयास गरिरहेका भेटवालले जानकारी दिनुभयो ।

टारी र बाजाघर गाउँमा गरी झण्डै एक सय वटा घर छन् । गाउँमा धेरैजसो खरका घर भएका कारण आज दिउँसाेदेखि लागेकाे आगाे निभाउन गाह्राे भइरहेकाे अध्यक्ष भेटवालले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web